एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विधालयमा सय डस्टबीन वितरण

0
Shares

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाको धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको छ ।

उक्त सहयोग सो समुदायको विधालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक बिधालयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो ।

सो कार्यक्रममा बैंकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनीयर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो । साथै खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमीरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।