माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्ज बहराइनबीच सम्झौता, १६ ठाउँबाट रेमिट्यान्स पठाउन सकिने

0
Shares

माछापुच्छ्रे बैंक लि.ले बहराईनमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात बहराईनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ«े बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।