प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले डाक्यो साधारण सभा


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले आगामी चैत १६ गते बिहीबार साधारण सभा बोलाएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.३२ प्रतिशतका दरले बोनस शेयर पारित गर्ने छ ।
सभाले चुक्ता पूँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ रुपैयाँबाट बृद्धि गरी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ रुपैयाँ कायम गर्ने छ ।

यस्तै सभाले २०७८\७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८\७९ को नाफा नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १ गते बुकक्लोज मिति तोकेको छ । यस अनुसार फागुन ३० गते नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।