तीन दिनमा १८ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


तीन दिनमा छापावाला सुन प्रतितोला १८ सय रुपैयाँले घटेको छ ।

गत आइतबार १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज (बिहीबार) १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन बुधबार १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता बिहीबार तेजावी सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन बुधबार १ लाख १ हजार रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ३ दिनको अवधिमा चाँदीमा ५५ रुपैयाँले गिरावट आएको छ । गत आइतबार १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी ५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८१४।१६ र चाँदी प्रतिऔंस २०.०४ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।