सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

सबैको लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले १३.६८ प्रतिशत लाभांश पारित गर्न मंसिर २१ गते बार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

उक्त साधारण सभाले आर्थिक बर्ष ७५र७६ सम्मको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरि कुल १३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी १८ करोड ६४ लाख पुग्ने छ । त्यस पश्चात कायम पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

यसैगरी वित्तीय विवरणहरु पारित गर्ने, आवश्यकता बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, सर्वसाधारण समुह तर्फबाट २ जना संचालक नियुक्त गर्ने, मर्जर र प्राप्तिको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव साधारण सभाबाट पारित गर्ने कम्पनीले जनाएको छ ।