प्रतिशेयर आम्दानी ८० प्रतिशतले बढाएको लघुवित्त कम्पनीको यस्ता छन् अरु सूचक

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा झण्डै ८० प्रतिशतले प्रतिशेयर आम्दानी बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गतबर्षको यसै अवधिमा ४७ रुपैयाँ ७६ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको यस्तो आम्दानी ८५ रुपैयाँ ७४ पैसा पुगेको छ । जुन ७९.५० प्रतिशतले बढेको हो ।

खुद नाफा, निक्षेप संकलन र कर्जा परिचालन लगायतका सबै सूचाङ्कमा सन्तुलित वृद्धि देखाएको संस्थाको जगेडाकोषको आकार १०७ प्रतिशतले बढेको छ । जसको जगेडाकोषमा एक अर्ब ८१ करोड छ ।

राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले छिमेक समाज सेवा संस्थाको नाममा गरेका लगानीहरू समेत जगेडा कोषमा सञ्चित गरेकाले जगेडा थप मजबुत बनेको हो ।

चालु आवको ९ महिना अवधिमा लघुवित्तले ६४ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। कम्पनीको चुक्ता पूँजी पूँजी एक अर्बमा स्थिर छ। पूँजी स्थिर रहँदा कम्पनीको प्रतिशेयर आम्दानी उल्लेखीय बढोत्तरी आएको हो ।

राष्ट्रिय स्तरमा थोक कर्जा प्रवाह गर्ने लघुवित्तको निस्क्रिय कर्जा अनुपात ०.२६ प्रतिशतमा छ । यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात १०.५३ गुणा र प्रतिशेयर नेटवर्थ २८१ रुपयाँ १४ पैसा छ ।