नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई किनेर तिनाउ मिसनले बिहीबारदेखि एकीकृत कारोबार थाल्ने


तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकलाई आफुमा गाभेर मंसिर २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले कात्तिक २२ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक २९ गते बैंकलाई एकीकृत कारोबारको लागि अन्तिम स्वीकृती दिए पछि बिहीबारदेखि एकीकृत कारोबार सुरु हुने भएको हो ।

केही समय अघि मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएर तिनाउ मिसन डेभलपमेण्ट बैंका थिए । सो लगत्तै नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई खरिद गर्ने सम्झौता भएको थियो ।

दुबै बैंकले गत असोज ७ गते सम्पन्न अलग अलग साधारण सभाबाट विलय प्रृकयालाई स्वीकृत गरेका थिए ।

विलय पछि बनेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलस्थित पाल्पा रोडमा रहने बताइएको छ ।