परिपक्व भएको एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड १ को आफ्नो स्वामित्वको शेयर लिलामीमा


गत कात्तिक २ गते परिपक्व भएको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले आफ्नो स्वामित्वमा रहेका विभिन्न कम्पनीका शेयर तथा डिबेञ्चरहरु लिलामीमा ल्याएको छ ।

फण्डको व्यवस्थापक एनएमबि क्यापिटलले २ वाणिज्य बैंकको शेयर, ५ वाणिज्य बैंकको डिबेञ्चर, ५ लघुवित्तको शेयर, ३ विकास बैंक तथा एउटा बीमा कम्पनीको शेयर लिलामीमा ल्याएको हो ।
लिलाममा राखिएको शेयरमा मंसिर ५ देखि ११ गतेसम्म आवेदन गर्नु पर्ने हुन्छ । बोलपत्र मंसिर १२ गते खेलिनेछ ।

अरु शेयरहरु दोस्रो बजारबाट बिक्री गरेको सन्दर्भमा मर्जर तथा विलय प्रकृयामा गएका तथा लाभांसका लागि बुकक्लोज भएका शेयर तत्काल लिलामी प्रकृयाबाट बिक्री गर्न लागिएको क्यापिटलले जनाएको छ ।

लिलामीमा ल्याइएको शेयरको विबरण तथा प्रकृयाको सूचना यहाँबाट हेर्न सकिन्छ ।