मल्टीपर्पस फाइनान्सले आम्दानी घट्दा खर्च घटाएर बढायो खुद नाफा


चालु आर्थिक वर्षको प्रथम त्रैमासमा मल्टीपर्पस फाइनान्सले २१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ५ लाख ९३ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

ब्याज आम्दानीमा फराकिलो अन्तरको गिरावट आएको फाइनान्सले खर्चका विभिन्न शिर्षकहरुलाई घटाएर खुद नाफा बढाएको हो ।

अन्य कमिसन दोब्बरले बढाएको फाइनान्सले कर्मचारी र सञ्चालन खर्चको आकार भारी मात्रामा कटौती गरेको छ ।

निष्क्रिय कर्जा ४.४९ प्रतिशतबाट २.८५ प्रतिशत बनाएको फाइनान्सको चुक्ता पूँजी १५ करोड १० लाख ९३ हजार रुपैयाँ छ । ८६५ प्रतिशत हकप्रद जारी गरेको फाइनान्सले चुक्ता पूँजीमा हकप्रदलाई पूँजीकृत गरेको छैन ।

जगेडा कोषमा ३ करोड ७ लाख रुपैंया रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ३६ पैसा छ ।