अर्थमन्त्रीलाई दोष दिएका लगानीकर्ता झनै निराश, नेप्से झण्डै ८ अंकले घट्यो


शेयर बजार घट्नुमा अर्थमन्त्री डा. यूवराज खतिवडाको प्रमूख हात रहेको भन्दै आएका लगानीकर्ताका लागि झनै निरास हुने बातावरण बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको पुनर्गठन गर्दा अर्थमन्त्री डा. यूवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिए पछि लगानीकर्ता झनै निरास भएका हुन ।

अर्थमन्त्रीको हबला दिदै शेयर बजारमा चलखेल गर्ने लगानीकर्तालाई बुधबार भएको मन्त्री परिषदको पुर्नगठनले पनि सकारात्मक बनाउन सकेन ।

अर्थमन्त्री परिवर्त नभएपछि बिहीबारको शेयर बजार नकारात्मक गतिमा लाग्यो । कारोबार सुरु भएदेखि निरन्तर घटेको शेयर बजार परिसूचक कारोबार बन्द हुँदा सम्ममा करिब ८ अंकले घटेको छ । बिहीबार बजार सूचक संगै कारोबार रकममा पनि केही गिरावट आएको छ ।

अर्थमन्त्रीले शेयर बजारलाइ अनुत्पादक क्षेत्र भनेकाले शेयर बजार ओरालो लागेको अरोप लगानी लगानीकर्ताले लगाउदै आएका छन् । तर प्रधामन्त्री केपी ओलीलाई अर्थतन्त्रका क्षेत्रमा भएका काम कारवाहीवाट सन्तुष्ट बनाउन सफल अर्थमन्त्रीले अधिकासं आर्थिक सुचकहरु सकारात्मक भएको सर्वजनिक रुपमा बताउदै आएका छन् ।

शेयर बजार सुधारका लागि लगानीकर्ताले अनेक माग राखेर आन्दोलन समेत गरेपछि अधिकासं मागालाई सम्बोधन गर्दा पनि बजार सकारात्मक हुन नसकेको हो । शेयर बजार कुनै निश्चित नीतिका कारणले मात्र वढ्ने नभई सुचिकृत कम्पनीको कार्यसम्पादन, समग्र अर्थतन्त्रको अवस्था र आफ्नो चक्रका आधारमा चल्ने गर्छ ।

बुधबार अर्थमन्त्री परिवर्तन हुने हल्ला बजारमा फैलाए पछि केही लगानीकर्ताका कारण बजार सूचक केही समयमा नै ९ अंकसम्मले वढेको भएपनि धेरै समय टिक्न सकेन । बुधबार एक अंक भन्दा धेरैले घटेको बजार परिसुचक नेप्से बिहीबार ७.७४ अंकले घटेको हो ।

बिहीबार कारोबार सुरु हुँदा ११२८.३४ अंकमा रहेको नेप्से बजार बन्द हुँदा ७.७४ अंकले घटेर ११२०.६० अंकमा झरेको छ । बिहीबार नेप्से परिसूचक संगै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ इण्डेक्स पनि १.७८ अंकले घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका मध्ये १०० कम्पनीको शेयर मूल्य घटेपछि समग्र परिसुचक घटेको हो । बजार ओरालो लाग्दै गर्दा २८ कम्पनीको शेयर मूल्य वढेको छ भने २८ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

नेप्सेमा कारोबार भएका समूहगत परिसुचक मध्ये व्यापार ३६.१२, अन्य ०.६१ र सामुहिक लगानी कोष ०.०१ अंकले वढेका छन् । बिहीबार बैंकिङ ९.४२, विकास बैंक ७.३४, वित्त १.०३, जलविद्युत २.४४, जीवन बिमा २०.५९, निर्जीवन बिमा २५.१६, लघुवित्त ११.५३, उत्पादन मूलक ३२.४७ र होटल समुह १२.५३ अंकले घटेका छन् ।

बिहीबार नेप्सेमा १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर ५ हजार ६ सय ७२ कारोबारवाट २७ करोड ७७ लाख ९७ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । यो कारोबार रकम बुधबारको तुलनामा घटेको हो ।