प्रिमियर वायर्सको ९ महिनाको आम्दानी २ अर्ब ८० करोड

0
Shares

शारडा ग्रुपद्धारा सञ्चालित प्रिमियर वायर्स कम्पनीले आर्थिक वर्ष २०२२/२३ को ९ महिनामा २ अर्ब ७९ करोड ९० लाख (अपरिष्कृत) सञ्चालन आम्दानी गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०२१/२२ मा ३ अर्ब ५४ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । आव २०२१/२२को तुलनामा आव २०२२/२३मा कम्पनीको वित्तीय सूचांक बलियो देखिएको छ ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आव २०२१/२२मा कुल सञ्चालन आम्दानीको ५.५ प्रतिशत थियो भने आव २०२२/२३को पहिलो ९ महिनामा उक्त नाफा क्ुल सञ्चालन आम्दानीको ६.३ प्रतिशत पुगेको हो ।

सन् २००० मा स्थापना भएको प्रिमियर वायर्स प्रालि वायर तथा केवल उत्पादनमा नेपालका वायर तथा केवल उत्पादक कम्पनीहरुमा सबैभन्दा पुरानो कम्पनी हो । कम्पनीले जीआइ वायर, गाबिओन बक्स, एसीएसआर कन्डक्टर, पिभीसी केयर, कपर वायर, स्टील वायर, कन्डक्टर लगायतका सामाग्रीहरुको उत्पादन तथा वितरण गर्दै आएको छ ।

कम्पनीमा शारडा परिवारका १३ सदस्यहरुको लगानी रहेको छ । शारडा ग्रुपका विभिन्न कम्पनीहरु नै प्रिमियर वायर कम्पनीका प्रमोटरहरु रहेका छन् ।

कम्पनीले ३ अर्ब ७७ करोड ३३ लाख बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । ७ करोड ३३ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रानेपालले डबल बी रेटिङ गरेको छ भने ३ अर्ब ७० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीका वित्तीय सूचांक अनुसार कम्पनीको वित्तीय अवस्था जोखिममुक्त रहेको छ। इक्रानेपालले गरेको रेटिङले समेत कम्पनीको जोखिम न्युन रहेको पुष्टि हुन्छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।