आयात प्रतिस्थापनका उद्योग विकास र प्रवद्र्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट

0
Shares

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्र्टीको घोषणापत्रमा उललेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण हुने बताए ।
जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उहाँले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिए । राष्ट्रिय गौरबका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उनको भनाइ थियो ।
सोही मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गरी आयात कम गरी व्यापार घाटा कम गर्नुपर्ने विचार व्यक्त गरे ।
आर्थिक वर्ष २०७६÷७७ को तीन महिनामा कुल वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भई रु.२७ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो ।
आर्थिक वर्ष २०७६÷७७ को तीन महिनामा कुल वस्तु आयात १०.३ प्रतिशतले घटेर रु.३३४ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३.६ प्रतिशतले बढेको थियो ।