पद्मा कोलोनीले साढे ५ अर्ब लगानीमा रामकोट र इटहरीमा कोलोनी निर्माण गर्दै

0
Shares

पद्मा कोलोनी प्रालिले काठमाडौँको रामकोटमा ३ अर्ब ५० करोड र सुनसरीको इटहरीमा २ अर्ब १८ करोडमा कोलोनी निर्माण गर्ने भएको छ ।

हाल रामकोटमा निर्माण हुने कोलोनीको जग्गा अधिग्रहण गर्ने कार्य चलिरहेको छ । जग्गा अधिग्रहणको ९० प्रतिशत कार्य समाप्त भएको छ भने इटहरीमा निर्माण भइरहेको कोलोनीको जग्गा अधिग्रहण गर्ने काम ५० प्रतिशत समाप्त भएको हो ।

यी दुवै कोलोनीको निर्माण सन् २०२४को जनवरी महिनाबाट हुने भएको पदमा कोलोनी प्रालिले जनाएको छ । यी दुवै परियोजनाहरु भारी मात्रामा कर्जामा आधारित रहेका छन् । निर्माण कम्पनी पदमा कोलोनीका अनुसार यी दुवै परियोजनाहरुको ८० प्रतिशत रकम कर्जामा निर्भर रहेको छ भने २० प्रतिशत सेयरधनीहरुको सेयरमा आधारित रहेको छ ।

कोलोनी निमाएण कार्य कर्जामा आधारित रहेका कारण कोलोनी निर्माण हुन्छ या हुँदैन भन्नेमा नै प्रश्न उठेको छ । यस्तै रियल स्टेट क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धा र ग्राहकहरुको रोजाइ परिवर्तन भएसँगै कोलोनीमा पूर्ण अकुपेन्सी हुने सम्भावना न्यून रहेको छ । पछिल्लो समयमा ग्राहकहरुको रुचि रेडी–टु–मूभ–इन घरहरुमा बढेको छ।

यस्तै सरकारले आर्थिक वर्ष २०२२/२३ मा रियल स्टेट मार्फत हुने कारोबारहरुमा क्यापिटल गेन ट्याक्स ५ प्रतिशतबाट बढाई ७.५ प्रतिशत पुर्याएको छ । जसकारण रियल स्टेटमा मानिसहरुको आकर्षण घट्दै गएको छ । यस्तै बैंक तथा वित्तीय संघसंस्थाहरुको बढ्दो ब्याजदरका कारण पनि यो परियोजनाको सफल कार्यान्वयनमा प्रश्न सिर्जना भएको छ ।

तथापि यस अघि पदमा कोलोनीले दुईवटा कोलोनी निर्माण गरी हस्तान्तरण गरिसकेको छ । यस कम्पनीका प्रमोटर पद्मा ग्रुप रहेको छ ।

यस्तै कम्पनीको अध्यक्ष पद्मामा ग्रुपका अध्यक्ष राजु प्रसाद कँडेल रहेका छन् । विभिन्न क्षेत्रमा उनले गरेको योगदान र दक्षताका आधारमा कँडेलले निर्माण गर्ने कोलोनी सफल हुने विश्वास गर्न सकिन्छ ।

यस्तै काठमाडौंको रामकोटमा निर्माण हुने कालोनी रिङरोड क्षेत्रबाट ६ किलोमिटरको दूरीमा रहेको छ । जुन अधिकांश मानिसहरुको रुचिमा पर्न सक्छ ।

सन् २००८ मा कम्पनी ऐन अन्तर्गत निर्माण भएको पदमा कोलोनी कम्पनीले रेजिडेन्सियल कोलोनी निर्माण गर्ने काम गर्दै आएको छ । कम्पनीले यस अघि दुई वटा कोलोनीको सफल निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

कम्पनीले १ अर्ब २ करोड ७६ लाखको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ७ करोड ८३ लाख ९ हजार बराबरको दीर्घकालीन कर्जाका लागि कम्पनीले बी रेटिङ गरेको छ भने ९४ करोड ९२ लाख २० हजार बराबरको अल्पकालीन कर्जाका लागि केयर नेपालले ए-४ रेटिङ गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।