धितोपत्र बोर्डले आर्यतारासहित ३ ब्रोकरलाई दियो थप शाखा सञ्चालन स्वीकृति

3
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिजका साथै शनि सेक्यूरिटिज र नासा सेक्यूरिटिजलाई शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।

बोर्डले आर्यतारा इन्भेष्टमेन्टलाई भक्तपुरमा, शनि र नासा सेक्युरिटिजलाई पोखरामा शाखा विस्तार गर्न स्वीकृति दिएको हो ।

नेपाल धितोपत्र बोर्डले देशव्यापी रुपमा पुँजीबजारको पहुँच विस्तार गर्ने उद्देश्यका साथ पछिल्लो समयमा शाखा विस्तारलाई प्राथमिकतामा राखी काम गरेको छ । ब्रोकर कम्पनीहरुले शाखा खोल्नका लागि आवश्यक कागजात बुझाएको १५ दिनभित्रमा नै बोर्डले अनमति स्वीकृत गर्ने गरेको छ ।

धितोपत्र व्यवसायी नियमावली २०६४ को व्यवस्था तथा धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका,२०७९ को निर्देशन बमोजिम धितोपत्र बोर्डले शाखा सञ्चालन अनुमति दिने गरेको छ ।

शाखा स्वीकृत गर्दै बोर्डले शाखा सञ्चालन अनुमति दिएको ३ महिनाभित्रमा शाखा सञ्चालन गर्न तथा उल्लेखित नियमावली र निर्देशिका बमोजिम कार्यालयमा पूर्वाधार विस्तार गर्न सुझाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।