जीवन बीमा कम्पनीहरुले संकलन गरे पौने ९४ अर्ब बीमाशुल्क, ११ ले बढाउँदा ७ को घट्यो

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिना अवधिमा ९३ अर्ब ७५ लाख ३७ लाख ७९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

अघिल्लो आवको सोही अवधिमा ९२ अर्ब २० करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा १.६८ प्रतिशतले माब बीमाशुल्क संकलन बढेको हो । सञ्चालनमा रहेका १८ मध्ये ७ कम्पनीहरुको बीमाशुल्क संकलन घट्दा ११ कम्पनीले वृद्धि गरेका छन् । प्राइम लाइफको सर्वाधिक १३.४८ प्रतिशतले घट्दा आईएमई लाइफले सबैभन्दा धेरै २२.३३ प्रतिशतले बीमाशुल्क संकलन वृद्धि गरेको हो ।

साउनदेखि फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले कुल १ कराेड ४० लाख १ हजार ५७६ वटा बीमालेख जारी गरी कुल ९३ अर्ब ७५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । कुल संकलित बीमाशुल्कमा १८ अर्ब ५५ करोड १६ लाख ५३ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ७५ अर्ब २० करोड २१ लाख २६ हजार रुपैयाँ नवीकरण बीमाशुल्क रहेको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल लाइफले सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्दा महालक्ष्मी लाइफले सबैभन्दा कम बीमाशुल्क संकलन गरेको छ । चालु आवको ८ महिनामा नेपाल लाइफले २४ अर्ब ३७ करोड ८६ लाख ६५ हजार कुल बीमाशुल्क संकलन गरेको छ । जसमा ३ अर्ब ४७ करोड ३५ लाख १६ हजार रुपैयाँ प्रथम बीमाशुल्क र २० अर्ब ९० करोड ५१ लाख ४९ हजार रुपैयाँ नवीकरण बीमाशुल्क छ ।

समीक्षा अवधिमा सबैभन्दा कम बीमाशुल्क संकलन गरेको महालक्ष्मी लाइफले २८ करोड ८७ लाख ९२ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ७२ करोड ८६ लाख २० हजार नवीकरण शुल्क गरी कुल १ अर्ब १ करोड ७४ लाख १२ हजार रहेको छ ।

बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा संकलन गरेको प्रथम बीमाशुल्क र नवीकरण बीमाशुल्क संकलन रकम यस्तो छः–

१. नेपाल लाइफ इन्स्योरेन्सः २४ अर्ब ३७ करोड ८६ लाख ६५ हजार रुपैयाँ
२. लाइफ नेपाल कर्पोरेशन (नेपाल) लिमिटेडः ११ अर्ब ४९ करोड ७७ लाख ७३ हजार रुपैयाँ
३. नेशनल लाइफ इन्स्योरेन्सः १० अर्ब २२ करोड १९ लाख ३६ हजार रुपैयाँ
४. राष्ट्रिय बीमा संस्थानः ६ अर्ब ७३ करोड ८७ लाख ९६ हजार रुपैयाँ
५. सूर्यज्योति लाइफः ५ अर्ब ५१ करोड ६२ लाख १० हजार रुपैयाँ
६. युनियन लाइफः ५ अर्ब १७ करोड ८६ लाख ४४ हजार रुपैयाँ
७. एशियन लाइफः ४ अर्ब ५९ करोड १ लाख ६० हजार रुपैयाँ
८. सिटिजन लाइफः ३ अर्ब ५७ करोड २८ लाख ४ हजार रुपैयाँ
९. मेट लाइफः ३ अर्ब ३९ करोड ३ लाख २८ हजार रुपैयाँ
१०. प्राइम लाइफः २ अर्ब ९६ करोड ५३ लाख ५४ हजार रुपैयाँ
११. आइएमई लाइफः २ अर्ब ६२ करोड २९ लाख ३१ हजार रुपैयाँ
१२. सन् नेपाल लाइफः २ अर्ब ५८ करोड ५६ लाख ३३ हजार रुपैयाँ
१३. रिलायबल नेपाल लाइफः २ अर्ब ३५ करोड ७४ लाख ८५ हजार रुपैयाँ
१४. रिलायन्स लाइफः २ अर्ब ७ करोड ८ लाख ९ हजार रुपैयाँ
१५. गुराँस लाइफः १ अर्ब ९८ करोड ७७ लाख ८२ हजार रुपैयाँ
१६. सानिमा लाइफः १ अर्ब ६५ करोड ९२ लाख ८७ हजार रुपैयाँ
१७. प्रभु लाइफः १ अर्ब ४० करोड १७ लाख ६९ हजार रुपैयाँ
१८. महालक्ष्मी लाइफः १ अर्ब १ करोड ७४ लाख १२ हजार रुपैयाँ

एघार कम्पनीको बीमाशुल्क संकलन बढ्यो, ७ को घट्यो

गत आवको ८ महिनाको तुलनामा चालु आवको ८ महिनामा १८ मध्ये ११ कम्पनीले कुल बीमाशुल्क संकलन वृद्धि गर्दा ७ कम्पनीको घटेको छ । यस अवधिमा औसत बीमाशुल्क संकलन वृद्धि १.६८ मात्र छ ।

आईएमई लाइफले सबैभन्दा धेरै २२.३३ प्रतिशतले बीमाशुल्क संकलन वृद्धि गरेको छ । यस्तै नेशनल लाइफ १३.४०, रिलायन्स लाइफ ११.२६, महालक्ष्मी लाइफ ९.०६, सानिमा लाइफ ७.९७, प्रभु लाइफ ५.७३, एलआईसी ३.४२, सिटिजन लाइफ २.६१, नेपाल लाइफ १.८७, एशियन लाइफ १.०४ र राष्ट्रिय बीमा संस्थाको कुल बीमाशुल्क ०.८२ प्रतिशतले बढेको छ ।

उता प्राइम लाइफको सर्वाधिक १३.४८ प्रतिशतले घट्दा रिलायबल नेपाल लाइफको ११.६८, युनियन लाइफ ७.२३, मेट लाइफ ५.११,सन् नेपाल लाइफ ५.०८, गुराँस लाइफ ४.७७ र सबैभन्दा कम घटेको ०.९४ प्रतिशतले कुल बीमाशुल्क संकलन घटेको छ ।

कुल बीमाशुल्क संकलनमा रकमका आधारमा सर्वाधिक संकलन गरेको नेपाल लाइफकोृ हिस्सा २६ प्रतिशत र सबैभन्दा कम संकलन गरेको महालक्ष्मी लाइफको हिस्सा १.०९ प्रतिशत छ । यस्तै बीमाशुल्क संकलनमा सबेभन्दा धेरै वृद्धि गरेको आईएमई लाइपmको २.०८ र सबैभन्दा भेरै घटेको प्राइम लाइफको हिस्सा ३.१६ प्रतिशत छ ।

मुलुकभित्र हाल १८ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये ११ कम्पनी नेप्सेमा सूचीकृत छन् भने ७ कम्पनी सूचीकृत रहेका छैनन् । अमेरिकी लगानी रहेको मेट लाइफ, सरकारी स्वमित्वको राष्ट्रिय बीमा संस्थान, सहित सर्वसाधारणमा सेयर जारी गर्न बाँकी रहेका पाँच कम्पनीहरु आइएमई लाइफ, महालक्ष्मी लाइफ, सिटिजस लाइफ, सन् नेपाल लाइफ र रिलायबल नेपाल लाइफ नेप्सेमा सूचीकृत रहेका छैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।