कालिन्चोक दर्शनको आम्दानी साढे ५ करोड, ५४ प्रतिशतले बढ्यो

0
Shares

सन् २०२२ मा कालिन्चोक दर्शनको लिमिटेडको सञ्चालन आम्दानी ५ करोड ७० लाख रहेको छ ।

सन् २०२१मा कम्पनीको आम्दानी ३ करोड ७० लाख रहेको थियो । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी ५४.०५ प्रतिशतले बढेको हो ।

सन् २०१५मा स्थापना भएको कालिन्चोक दर्शनले केवल कारसेवा प्रदान गर्दै आएको छ । दोलखाको कुरी उपत्यकामा रहेको कालिन्चोक भगवतिको दर्शन गर्ने दर्शनार्थीहरुलाई कम्पनीले केवल कार सेवा दिँदै आएको छ । १ किलोमिटर दूरीमा सञ्चालन भइरहेको केवल कारका ४ गोन्डोला रहेका छन् । प्रति घन्टा १९२ यात्रु ओसारपसार गर्ने क्षमता ४ गोन्डोलाको छ ।

विशेषतः हिउँदयाममा हिउँ पर्ने हुँदा कालिन्चोक भगवति माताको दर्शन गर्न तथा हिउँ खेल्न मानिसहरु कालिन्चोक जाने गरेका छन् । आन्तरिक पर्यटक मात्रै नभई बाह्य पर्यटकहरुका लागि पनि कुरी उपत्यका आकर्षणको केन्द्र बन्दै गएको छ ।

कम्पनीले सर्वसाधारणमा माघ ३ देखि ६ गतेसम्म १० लाख ८० हजार किता सेयर जारी गरी माघ १९ गते बाँडफाँड गरेको थियो । कम्पनीले कवेल कारको गोन्डोला थप गर्न र ३५ कोठाको होटल निर्माणका लागि आइपीओ निष्काशन गरेको सथयो ।

कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी रहेका छन् भने अशोक शिवाकोटी प्रमुख कार्यकारी अधिकृत हुन् । कम्पनीले इस्सुअर रेटिङका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले डबल बी प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।