मोदी इनर्जीको आईपीओ बाँडफाँड, मागे जतिले पाए सेयर


मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ ।

कम्पनीले फागुन २५ गतेबाट बिक्री खुला गरेको आईपीओ चैत १९ गते आइतबार बाँडफाँड गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

बिक्री प्रबन्धकका अनुसार स्थानीय बासिन्दाले माग गरे अनुसार नै सेयर वितरण गरिएको छ । कूल ८ लाख ४ हजार ३९० कित्ता सेयर बाँडफाँड गरिएको हो । स्थानीय बासिन्दाले अधिकतम १ हजार कित्तासम्म सेयर हात पारेका छन् ।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा.वि.स हाल कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  ०८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।