ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको ५८ लखा ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
जसको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि ग्लोबल हाईड्रोपावर र मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच सम्झौता भएको छ ।
मंगलबार एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया