सिटिजन्स बैंकले ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डमा दियो आवेदन


सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र निष्काशन गर्नका लागि बैंकले बोर्डमा आवेदन दिएको हो । बैंकले वार्षिक १०.२५प्रतिशतको ब्याजदरमा १० वर्ष अवधिको सिटिजन्स बैंक डिबेन्चर २०८६ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

१० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्ने जनाएको बैंकले १५ लाख इकाई संस्थागत लगानीकर्ताहरुलाई बिक्री गरिनेछ । बैंकको ऋणपत्र निष्काशन ग्लोबल आइएमई क्यपिटलले गर्ने बताइएको छ ।