मेगा क्यापिटद्धारा नयाँ वर्षको उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ

0
Shares

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसर पारेर २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त

यस सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने जनाएको छ।

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानी सम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजार तर्फ लगानी प्रारम्भ गर्न मद्दत पु¥याउने आशा क्यापिटलले लिएको छ ।

न्यूनतम ३ लाख नगद वा शेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने छ र उक्त सेवा २०८० बैशाख महिनाभरिको लागि मात्र लागु हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरेको छ ।

लगानी व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा मेगा क्यापिटलले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको छ । आफूले शेयर बजारमा लगानी गर्ने इच्छा हुदाहुदै पनि पर्याप्त समय दिन असमर्थ वा शेयर बजार सम्बन्धि जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।