यती एयरलाइन्सको सस्तो टिकटमा पनि माइलेज प्वाइन्ट

0
Shares

नयाँ वर्षको अवसरमा यती एयरलाइन्सले बैशाख १ गते देखी लागू हुनेगरी आफ्नो स्काई क्लबका सदस्यहरुलाई जुनसुकै क्याटेगोरीको टिकट खरिदमा पनि निश्चित माइलेज प्वाइन्ट दिने भएको हो ।

यस अघि यात्रुहरुले एनवाईजी, नर्मल, यलो र ग्रिन टिकटमा मात्र माइलेज प्वाइन्ट पाउने सुविधा थियो । अब बैशाख १ पछि खरिद हुने सबैभन्दा सस्तो टिकटमा पनि यो सुबिधा पाईने कम्पनीले जनाएको छ ।

“अहिले यती एअरलाइन्सको ७ वटा फेयर क्याटोगरीज्रहेका छन्, हालसम्म हामीले अलि महङ्गो टिकटहरुमा मात्र माइलेज प्वाइन्ट दिने गरेका थियौं भने यात्रुहरूको मागलाई ध्यानमा राखी अब सबै किसिमका भाडामा माइलेज प्वाइन्ट दिने व्यवस्था मिलाएका छौं ।” यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, उनलले यस्तो क्लब कार्ड यात्रामा मात्र नभई अन्य सुबिधा प्राप्त गर्न पनि सकिने भएकोले यात्रुहरुलाई आजै यती स्काई क्लबको सदस्यता लिई सुविधा उपभोग गर्न अनुरोध गरे।

स्काई क्लबको सदस्यता लिई यतीबाट यात्रा गर्दा प्रत्येक उडानमा निश्चित माइलेज प्वाइन्ट पाइने र सो जम्मा भएको प्वाइन्ट प्रयोगगरी जुनसुकै गन्तव्यमा निशुल्क उड्न पाउने व्यवस्था सहित सन् २०११ मा यती एअरलाइन्सले आफ्ना यात्रुहरुलाई लक्षित गरी “यती स्काई क्वब”को स्थापना गरेको थियो ।

यतीमा हालसम्म एक लाख १० हजारभन्दा बढी यस्ता क्लव सदस्यहरुले यो सुबिधा उपभोग गरिरहेका छन् । स्काई क्लबका सदस्यहरुले निःशुल्क यात्रा गर्ने मात्र नभई विभिन्न होटल, रेष्टुरेण्ट, अस्पताल लगायत डिपार्टमेन्टल स्टोरहरुमा विशेष छुटको सुविधा लिइरहेका छन् ।

यो क्लबको सदस्यता लिन र यसबारे थप जानकारी एयरलाइन्सको वेबसाइट र मोबाइल एप्सबाट लिन सकिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।