यामाहाको एरोक्स १५५ स्कुटर नेपालमा, मूल्य ४ लाख ७५ हजार

0
Shares

यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आइतबारदेखि यामाहा एरोक्स १५५ को आधिकारिक रुपमा विक्री सुरु गरेको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता कम्पनी एमएडब्लयू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर एरोक्स १५५ विक्री सुरु गर्ने तयारी गरेको हो ।

यामाहा एरोक्स १५५ मा आर १५ भी ३ मा भएको १५५ सीसी क्षमताको पावरफुल इन्जिन रहेको छ । योसँगै यामाहा एरोक्स नेपालमा नै पहिलो पटक एबीएस फिचर तथा लिक्विड कुल्ड इन्जिन भएको पहिलो स्कुटर भएको हो ।

कम्पनीले नेपाल भित्र्याएको एरोक्समा १५५ सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४.८ बिएच पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरमा ५.८ इन्चको एलसीडी डिस्प्ले दिइएको छ । यो स्कुटरमा स्मार्ट कनेक्ट फिरच ‘वाइ कनेक्ट’ समेत उपलब्ध रहेको छ । एरोक्स १५५ मा एबिएस, डिस्क ब्रेक भीभीए इन्जिन जस्ता विशेषता रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।