वायुसेवा निगमले सञ्चय कोष र लगानी कोषलाई चैतमा बुझायो ५३ करोड

0
Shares

नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको किस्ता बुझाएको छ। निगमले अन्तराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको ऋण दायित्वको किस्ता रकम बुझाएको हो।

निगमले २०७९ चैत्र ३० मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

यससँगै निगमले निगमले २०७९ साल असार यता दुबै कोषलाई दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ।

निगमकाअनुसार २०७९ सालको असारमा एक अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ बुझाएको जनाएको छ ।

निगमसँग चार वटा जहाज छन् । कोभिडको समयमा झण्डै टाट पल्टने अवस्थामा पुगेको निगमले अहिले भने उडान र ग्राउण्ड ह्याण्डिलिङबाट राम्रो आम्दानी गरिरहेको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकाले यो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न र किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कोषलाई अनुरोध पत्र पठाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ बैशाख २०८०, बिहिबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।