विकास बैंकहरुको खराब कर्जा बढेर करिब ९ प्रतिशतसम्म पुग्यो

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विकास बैंकको खराब कर्जा अनुपात करिब ९ प्रतिशतसम्म पुगेको छ । अर्थतन्त्रमा आएको सुस्तता, उपभोक्ता मागको कमी र मूल्यवृद्धिका कारण बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुली प्रभावित हुँदा बैंकहरुको नाफामा खराब कर्जाको प्रभाव अधिक देखिएको छ ।

सोह्र विकास बैंकमध्ये ६ विकास बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै छ भने थप पाँच विकास बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा धेरै छ । दुईदेखि तीन प्रतिशतको बीचमा खराब कर्जा रहेको विकास बैंकको ३ छ भने एक विकास बैंकको मात्र २ प्रतिशतभन्दा कम छ ।

आइतबारसम्म १६ विकास बैंकहरुमध्ये सप्तकोशी डेभलपमेन्ट बैंक बाहेक सबैले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा एक्सेल डेभलपमेन्ट बैंकको खराब कर्जा बढेर कुल कर्जा प्रवाहको ८.९२ प्रतिशतसम्म पुगेको हो । यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी हो । गत आवको यसै अवधिमा ३.६७ प्रतिशत रहेको यस्तो अनुपात समीक्षा अवधिमा ५.२५ प्रतिशत बिन्दुले बढेको हो ।

दोस्रो धेरै खराब कर्जा अनुपात रहेको ग्रीन डेभलपमेन्ट बैंकको २.९३ प्रतिशत बिन्दुले ४.९८ प्रतिशत पुगेको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको १.९५ प्रतिशत बिन्दुले बढेर ४.८१ प्रतिशत, महालक्ष्मी विकास बैंकको १.७३ प्रतिशत बिन्दुले बढेर ४.६२ प्रतिशत, सिन्धु विकास बैंकको २.६२ प्रतिशत बिन्दुले बढेर ४.२७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ०.४२ प्रतिशत बिन्दुले बढेर ४.१८ प्रतिशत कायम भएको छ ।

यस्तै चैत मसान्तसम्म ज्योति विकास बैंकको २.५२ प्रतिशत बिन्दुले बढेर ३.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको २.०७ प्रतिशत बिन्दुले बढेर ३.७६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको २.३५ प्रतिशत बिन्दुले बढेर ३.५५ प्रतिशत, कामना सेवा विकास बैंकको १.०७ प्रतिशत बिन्दुले बढेर ३.२७ प्रतिशत, कर्णाली डेभलपमेन्ट बेंकको खराब कर्जा अनुपात ०.४२ प्रतिशत घटेर ३.२६ प्रतिशत रहेको छ ।

विसं २०७९ चैत मसान्तसम्म आइपुग्दा गरिमा विकास बैंकको खराब कर्जा अनुपात कुल कर्जा लगानीको १.९३ प्रतिशत बिन्दुले बढेर २.९५ प्रतिशत पुगेको छ । मितेरी डेभलपमेन्ट बैंकको १.१० प्रतिशत बिन्दुले बढेर २.५० प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ०.८७ प्रतिशत बिन्दुले बढेर २.११ प्रतिशत खराब कर्जा कायम गरेको छ । सबैभन्दा कम खराब कर्जा रहेको मुक्तिनाथ विकास बैंकको १.८२ प्रतिशत बिन्दुले बढेर १.९९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा मुक्तिनाथको खराब कर्जा अनुपात ०.१७ प्रतिशत मात्र रहेको थियो ।

प्रतिशतका आधारमा हेर्दा मुक्तिनाथको सर्वाधिक धेरै १०७० प्रतिशत बढीले वृद्धि भएको छ । सांग्रिला, गरिमा, ज्योति, सिन्धु, एक्सेल, ग्रीन र लुम्बिनी विकास बैंकको खराब कर्जा अनुपात शतप्रतिशतभन्दा बढीले वृद्धि भएको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा कम ११.७० प्रतिशतले बढ्दा कर्णाली डेभलपमेन्ट बैंकको ११.४१ प्रतिशतले घटेर सुधारिएको छ ।

S.N. Sector -Development Banks Stock Symbol NPL% 2079 Chaitra NPL% 2078 Chaitra Change 
1 Excel Development Bank Ltd. EDBL 8.92 3.67 5.25
2 Green Development Bank Ltd. GRDBL 4.98 2.05 2.93
3 Narayani Development Bank Limited NABBC 4.81 2.86 1.95
4 Mahalaxmi Bikas Bank Ltd. MLBL 4.62 2.89 1.73
5 Sindhu Bikash Bank Ltd SINDU 4.27 1.65 2.62
6 Corporate Development Bank Limited CORBL 4.18 3.76 0.42
7 Jyoti Bikas Bank Limited JBBL 3.89 1.37 2.52
8 Lumbini Bikas Bank Ltd. LBBL 3.76 1.69 2.07
9 Shangrila Development Bank  SADBL 3.55 1.20 2.35
10 Kamana Sewa Bikas Bank Limited KSBBL 3.27 2.20 1.07
11 Karnali Development Bank Limited KRBL 3.26 3.68 -0.42
12 Garima Bikas Bank Limited GBBL 2.95 1.02 1.93
13 Miteri Development Bank Limited MDB 2.50 1.4 1.10
14 Shine Resunga Development Bank SHINE 2.11 1.24 0.87
15 Muktinath Bikas Bank Ltd. MNBBL 1.99 0.17 1.82
16 Saptakoshi Development Bank SAPDBL Not Published Not Published Not Published

 

खराब कर्जाको प्रभाव विकास बैंकहरुको नाफाममा पनि देखिएको छ । खराब कर्जा बढ्दा ११ विकास बैंकहरुको नाफा घटेको छ । राष्ट्रिय स्तरको एक र क्षेत्रिय स्तरका तीन गरी ४ वटा विकास बैंकको मात्र नाफा बढेको छ । सप्तकोशी डेभलपमेज्ट बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २.१९ प्रतिशत रहेको खराब कर्जा बढेर चालु आर्थिक वर्षको सोहि अवधिमा १.८८ प्रतिशत बिन्दुले बढेर ४.०८ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विकास बैंकको नाफा औसतमा २७.७२ प्रतिशतले घटेको छ ।

बैंकहरुको नाफा घट्नुमा खराब कर्जाको ठूलो भुमिका रहेको देखिन्छ । खराब कर्जा बढ्दा त्यस वापत राष्ट्र बैंकको व्यवस्था अनुसार नाफाबाट नोक्सानी व्यवस्था कोषमा रकम छुट्टाउनुपर्ने हुन्छ । कर्जाको प्रकृति र अवधि अनुसार नाफाबाट नोक्सानी व्यवस्थामा रकम राख्दा त्यसको सोझो असर खुद नाफासँगै लाभांशमा समेत पर्ने गर्दछ । यसबाट बैंकको सेयरमा लगानी गरेका सेयरधनीहरुलाई समेत असर पर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।