त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेवित्तिकै फ्लाइ दुबईको जहाजमा आगलागी, आकस्मिक अवतरण गरिँदै

0
Shares

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइदुबईको जहाजको इन्जिनमा आगलागी भएको छ। जहाजको इन्जिन फेल भएर आगलागी भएको बताइएको छ ।

काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा आगलागी भएको बताइएको छ । १६२ जना यात्रु बोकेको फ्लाई दुबईको जहाजमा आगलागी भएको हो । विमान राति ९ बजेर २१ मिनेटमा उडेको थियो।

त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङको तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्।

विमानस्थलमा एम्बुलेन्स र दमकलसहित तयारी अवस्थामा राखिएको छ । अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ। 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  

 

प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार  २१ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।