निर्जीवन बीमाको ९ महिनाको व्यवसाय ३० अर्ब माथि, शिखर पहिलो–नेशनल अन्तिम

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिना अवधिमा ३० अर्ब रुपैयाँभन्दा माथि व्यवसाय गरेका छन् । सञ्चालनमा रहेका १६ निर्जीवन बीमा कम्पनीहरुले कुल ३० अर्ब १ करोड ४८ लाख ४० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा कम्पनीहरुले २१ लाख ६६ हजार ३२८ वटा बीमालेख बिक्री गरेरे ३० अर्ब धेरै बीमाशुल्क संकलन गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै २ लाख ८९ हजार ८८३ वटा बीमालेख बिक्री गरेर ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको ९ महिनामा संकलित बीमशुल्कको आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९।८० को चैत मसान्तसम्ममा ४ अर्ब १५ करोड ४८ लाख ५७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४८ करोड १३ लाख ७ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । कम्पनीले चैतसम्म २ लाख ६५ हजार ५५८ वटा बीमालेख बिक्री गरेको छ । तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ६९ हजार ८८८ वटा बीमालेख बिक्रीबाट ३ अर्ब ३५ करोड २५ लाख १६ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सले कुल २ अर्ब २९ करोड ४९ लाख २८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले २ लाख १ हजार २९१ वटा बीमालेख जारी गरेको छ । यसैगरी समीक्षा अवधिमा नेको इन्स्योरेन्सले २ अर्ब २६ करोड ३१ लाख ९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेकोले चैत मसान्तसम्म २ लाख १४ हजार ४३९ वटा बीमालेख जारी गरेको छ ।

यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चैतसम्म कुल ४४ हजार ४०४ वटा बीमालेखबाट १ अर्ब ९९ करोड ५२ लाख ३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी एनएलजी इन्स्योरेन्सले १ लाख ३५ हजार ३५५ वटा बीमालेख जारी गरेर कुल १ अर्ब ८१ करोड १२ लाख ६८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । चैतसम्म १ लाख ३७ हजार ९२९ वटा बीमालेख बिक्री गरेको सानिमा जिआईसी इन्स्योरेन्सले कुल १ अर्ब ६५ करोड ४६ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ ।

यसैगरी चैतसम्म अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड ३२ लाख ६० हजार, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ४२ करोड २२ लाख ८ हजार, प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड ४९ लाख १३ हजार, नेपाल इन्स्योरेन्सले १ अर्ब १५ करोड १० लाख ४७ हजार, दि ओरियण्टल इन्स्योरेन्सले १ अर्ब ७ करोड ३९ लाख २२ हजार र प्रुडेन्सियल इन्स्योरेन्सले चैत मसान्तसम्म १ अर्ब ४ करोड ५१ लाख २६ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ ।
प्राधिरकणको तथ्याङ्क अनुसार चैतसम्म अजोड इन्स्योरेन्सले १ लाख ४ हजार ९०९ वटा बीमालेख बिक्री गर्दा आइएमई जनरल इन्स्योरेन्सले ९० हजार १९९, प्रभु इन्स्योरेन्सले ९५ हजार १३, नेपाल इन्स्योरेन्सले १ लाख ३८ हजार ३३५, दि ओरियण्टल इन्स्योरेन्सले ३० हजार ८६४ वटा र प्रुडेन्सियल इन्स्योरेन्सले चैत मसान्तसम्म १ लाख ३ हजार ९७८ वटा बीमालेख जारी गरेको छ ।

समीक्षा अवधिमा युनाईटेड इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको चैतसम्मके बीमाशुल्क एक अर्बभन्दा कम छ । सबैभन्दा कम बीमा शुल्क संकलन गरेको नेशनल इन्स्योरेन्सले ७६ करोड ३२ लाख ७२ हजार रुपैयाँ संकलन गर्दा युनाईटेड इन्स्योरेन्सले ९५ करोड ३२ लाख १९ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । चालु आवको ९ महिना अवधिमा नेशनल इन्स्योरेन्सले २४ हजार ९४९ वटा र युनाईटेड इन्स्योरेन्सले ८७ हजार ९१६ वटा बीमालेख बिक्री गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ