डीजी पे र बिनव क्रीएसन् बीच सम्झौता


मोबाइल वालेट कम्पनी डीजी पे प्रा.लि. र बिनव क्रीएसन् बीच सहकार्यको लागि सम्झौता भएको छ । सम्झौता अनुसार डीजी पेको व्यवसायीक आवद्ध योजना अनुरुप डीजी पेसँग आवद्ध हुने व्यवसायीले टिक टक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता सामाजिक संजालका लागी सुपथ मूल्यमा भीडियो बनाउन पाउने भएका छन् । साथै अन्य ब्यापारिक विज्ञापन बनाउदा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा बिनव क्रीएसनका महा प्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

नेपालको एक राम्रो अडियो भिडिओ प्रोडकसन् कम्पनीसँग सहकार्य गरि फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डिजी पेका अध्यक्ष पाण्डेले बताए । “डिजी पेमा आवद्ध हुँदा पाउने प्याकेज सुविधाका साथै अन्य सेवाहरुमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौं,” पाण्डेले भने ।

बिनव क्रीएसनका महा प्रबन्धक समीर जोशीले डीजी पेसँग नौलोसहकार्य गर्न पाउँदा खुशी लागेको बताए । सामाजिक संजालमा विज्ञापन सस्तो हुने भएकाले साना व्यवसायीले अरु विज्ञापनको तुलनामा सहजै गर्न सक्नेछन । यस योजना अन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरुको जानकारी अब उत्कृस्ट भिडिओबिज्ञापन मार्फत जनमानसमा पु¥याएर लाभ लिन सक्ने उनले बताए ।

डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।