डिजी पेका प्रयोगकर्ताले सहुलियत दरमा विज्ञापन गर्न पाउने

0
Shares

भुक्तानी सेवा प्रदायक–डिजी पेका प्रयोगकर्ताले सहुलियत दरमा एबिसी टेलिभिजनमा सहुलियत दरमा विज्ञापन गर्न पाउने भएका छन् ।

डीजी पेको व्यवसायीक आवद्ध योजना अनुरुप डीजी पेसँग आवद्ध हुने व्यवसायीले एबिसि न्युज टेलिजिभजनमा विशेष सहुलियतमा दुई महिनासम्म रु एक लाख पचास हजार मूल्य बराबरको विज्ञापन प्रसारण गर्न पाउने छन् ।

यो योजना र अफर डिजि पेमा आबद्ध व्यवसायीहरुको लागि मात्र लागू हुनेछ ।

सम्झौतापत्रमा एबिसि टेलिभिजनका महा–प्रबन्धक पुर्ण बहादुर जिसि र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका हुन् ।
यो योजना मार्फत टेलिभिजनमा विज्ञापन ठूला कम्पनीहरुले मात्र गर्छन् भन्ने मानसिकतालाई चिर्दै अब ठूला साना सबै फर्म तथा पसलले टेलिभिजनमा आफ्नो उत्पादन वा ब्राण्डको विज्ञापन सित्तैमादेखि निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेको डिजीपेका अध्यक्ष दिवाकर बहादुर पान्डेले बताए ।

यस्तै एबिसि टेलिभिजनको सामाजिक उत्तरदायित्व योजना अन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरुको जानकारी टेलिभिजनबाट विज्ञापन मार्फत जनतामाझ पु¥याउन सक्ने एबिसी टेलिभिजनका महाप्रबन्धक पूर्ण बहादुर जिसिले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।