गुहेश्वरी मर्चेन्टको बोनस नेप्सेमा सूचीकृत

0
Shares

आइतबार थप एक कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  स्टकका अनुसार गुहेश्वरी मर्चेन्ट बैकिङ्ग लिमिटेडको चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

फाइनान्सको गत आवको वार्षिक साधारण सभाबाट पारित भएको ६ लाख १७ हजार ७६० कित्ता बोनस सेयर आज धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न किल्नेगरी सूचीकृत भएको हो ।

आइतबार सूचीकृत भएको उक्त बोनस सेयर साधारण सभाको बुक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् । उक्त बोनस हितग्राही खातामा जम्मा भए पश्चात् सेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।

फाइनान्सको २०७९ माघ २७ गते सम्पन्न भएको २१ औं वािर्षक साधारण सभाबाट ६.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । बुकक्लोज अनुसार फाइनान्सको बोनस २०७९ माघ १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।