अमेरिकी अर्थतन्त्र सुस्ताउँदै, पहिलो त्रैमासमा १.१ प्रतिशत आर्थिक वृद्धिदर

0
Shares

सन् २०२३ को पहिलो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि दर १.१ प्रतिशत रहेको वाणिज्य विभागले जनाएको छ ।

सन् २०२२ को अन्तिम त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि दर २.६ प्रतिशत थियो । सन् २०२३ मा उपभोक्ता क्रय शक्ति बढेता पनि आर्थिक वृद्धि दर १.५ प्रतिशत विन्दुले खुम्चिएको हो ।

विश्व अर्थतन्त्र अनिश्चितता तर्फ ढल्किएसँगै अमेरिका लगायतका विकसीत मुलुकमा आर्थिक मन्दी हुने विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले घोषणा गर्दै आएका छन् ।

रुस–युक्रेन युद्धका कारण आकाशिएको मुद्रास्फीति दर नियन्त्रणका लागि केन्द्रीय बैंक–फेडरल रिजर्भले आक्रामक शैलीमा ब्याजदर बढाउँदै आएको छ । जसकारण कर्जाको ब्याजदर बढेको छ ।

कर्जाको ब्याजदर वृद्धि भएसँगै व्यवसायीहरुले कर्जा लिएर लगानी गर्न बन्द गरेका छन् । जसकारण अमेरिकी अर्थतन्त्र सुस्ताउँदै गएको हो

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।