नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३९९ अमेरिकी डलर

0
Shares

चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनले नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर रहेको जनाएको छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर हो ।

नेपालीहरुको प्रति व्यक्ति आय यो वर्ष गत वर्षकै विन्दुमा स्थिर देखिएको छ। पछिल्ला वर्षहरुमा नेपालीको आयमा निरन्तर सुधार हुँदै गएपनि यो वर्ष स्थिर भएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको संशोधित प्रतिव्यक्ति आय पनि १ हजार ३ सय ९९ अमेरिकी डलर रहेको छ । कार्यालयले गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरेको थियो ।

राष्ट्रिय उत्पादन (जीएनआइ) का आधारमा भने प्रति व्यक्ति आय ३ अमेरिकी डलर बढेर १४ सय १० डलर पुगेको छ। गत वर्ष यो १४ सय ७ डलर थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।