संघीय संसदको बजेट अधिवेशन आह्वान

0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख २४ गते आइतबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान भएको हो।राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ।

बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

जेठ १५ गते आगामी आर्थिक बर्षको बजेट समेत सार्वजनिक हुनेछ ।

यसअघि गत वैशाख १५ मा संसद अधिवेशन अन्त्य भएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।