यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १५ पैसा र बिक्री दर ८७ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ १३ पैसा र बिक्री दर १६४ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ३३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार  ०६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।