
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्ममा १ खर्ब माथिको व्यवसाय गरेका छन् । यस अवधिमा जीवन बीमा कम्पनीहरुले जारी गरेका १ करोड ४१ लाख ६५ हजार ९९८ वटा बीमालेखहरु सक्रिय छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ९ महिना अवधिमा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुको बीमाशुल्क अघिल्लो चैतको तुलनामा २.२५ प्रतिशतले बढेको हो ।
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा संकलन गरेका बीमाशुल्क (कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ) मा प्रथम बीमा शुल्कको २०.०५ प्रतिशत योगदान रहेको देखिएको छ । यस अवधिसम्म कम्पनीहरुले २१ अर्ब ५२ लाख ८९ हजार रुपैयाँ प्रथम बीमा संकलन गरेको हो । यस्तै जीवन बीमा कम्पनीहरुले नवीकरण शुल्क वापत ८३ अर्ब ७२ करोड ९५ लाख ३३ हजार रुपैयाँ (७९.९४ प्रतिशत) बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क छ ।
कुल बीमाशुल्क आर्जनमा शीर्ष स्थानमा रहेको नेपाल लाइफले २७ अर्ब २६ करोड १२ लाख ७ हजार रुपैयाँ कुल बीमा शुल्क उठाएको छ । जुन कुल जीवन बीमा व्यवसायको २६.०३ प्रतिशत हो ।
यसैगरी दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले १२ अर्ब ९४ करोड ५० लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो ठूलो बीमाशुल्क उठाएको नेशनल लाइफ इन्स्योरेन्सले २०७९ चैत मसान्तसम्म ११ अर्ब ३७ करोड ४२ लाख ९० हजार रुपैयाँ कुल बीमा शुलक संकलन गरेको छ । एलआइसीको हिस्सा १२.३६ प्रतिशत र नेशनल लाइफको १०.८६ प्रतिशत बराबर हो ।
समीक्षा अवधिमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैतसम्म १ अर्ब १८ करोड ५३ लाख ७४ हजार रुपैयाँ कुल बीमा शुल्क मात्रै आर्जन गरेको छ ।
जीवन बीमा कम्पनीहरुद्धारा चैतसम्म संकलन गरेको बीमाशुल्क यस्तो छ :–
१. नेपाल लाइफ इन्स्योरेन्सः २७ अर्ब २६ करोड १२ लाख ७ हजार रुपैयाँ
२. लाइफ नेपाल कर्पोरेशन (नेपाल) लिमिटेडः १२ अर्ब ९४ करोड ५० लाख ६० हजार रुपैयाँ
३. नेशनल लाइफ इन्स्योरेन्सः ११ अर्ब ३७ करोड ४२ लाख ९० हजार रुपैयाँ
४. राष्ट्रिय बीमा संस्थानः ७ अर्ब १० करोड २२ लाख ५० हजार रुपैयाँ
५. सूर्यज्योति लाइफः ६ अर्ब २० करोड ६९ लाख २९ हजार रुपैयाँ
६. युनियन लाइफः ५ अर्ब ७५ करोड ६४ लाख ३० हजार रुपैयाँ
७. एशियन लाइफः ५ अर्ब १९ करोड २२ लाख ६७ हजार रुपैयाँ
८. सिटिजन लाइफः ४ अर्ब १ करोड ७९ लाख २० हजार रुपैयाँ
९. मेट लाइफः ३ अर्ब ८७ करोड ६५ लाख ७८ हजार रुपैयाँ
१०. प्राइम लाइफः ३ अर्ब ३४ करोड १५ लाख ९६ हजार रुपैयाँ
११. आइएमई लाइफः २ अर्ब ९८ करोड ६७ लाख ७५ हजार रुपैयाँ
१२. सन् नेपाल लाइफः २ अर्ब ८७ करोड ५७ लाख ५४ हजार रुपैयाँ
१३. रिलायबल नेपाल लाइफः २ अर्ब ७४ करोड १३ लाख १० हजार रुपैयाँ
१४. गुराँस लाइफः २ अर्ब २४ करोड २८ लाख ८३ हजार रुपैयाँ
१५. रिलायन्स लाइफः २ अर्ब १२ करोड ७ लाख ९ हजार रुपैयाँ
१६. सानिमा लाइफः १ अर्ब ७० करोड ३६ लाख ८७ हजार रुपैयाँ
१७. प्रभु लाइफः १ अर्ब ५५ करोड ६५ लाख २७ हजार रुपैयाँ
१८. महालक्ष्मी लाइफः १ अर्ब १८ करोड ५३ लाख ७४ हजार रुपैयाँ
१९. सानिमा रिलायन्स लाइफ*: २४ करोड ७२ लाख ७५ हजार रुपैयाँ
सात कम्पनीको बीमाशुल्क घट्यो
चालु आवको ९ महिना अवधिमा सञ्चालनमा रहेका १७ मध्ये ७ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क रकम अघिल्लो चैतको चुलनामा घटेको छ । समीक्षा अवधिमा दश कम्पनीहरुको भने बढेको छ । जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २.२५ प्रतिशतले बढ्दा प्राइम लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १४.२० प्रतिशतले घटेको छ भने सबैभन्दा कम सबै भन्दा कम सूर्यज्योति लाइफ इन्स्योरेन्सको ०.९८ प्रतिशतले घटेको छ ।
यस्तो छ बीमाशुल्क घट्ने जीवन कम्पनीहरुको सूचीः–
१. प्राइम लाइफ इन्स्योरेन्स – १४.२० प्रतिशत
२. रिलायवल नेपाल लाइफ इन्स्योरेन्स – ८.३२ प्रतिशत
३. युनियन लाइफ इन्स्योरेन्स – ६.४७ प्रतिशत
४.सन नेपाल लाइफ इन्स्योरेन्स – ५.३५ प्रतिशत
५. मेट लाइफ इन्स्योरेन्स – ३.९० प्रतिशत
६. गुराँस लाइफ इन्स्योरेन्स – ३.८८ प्रतिशत
७. सूर्यज्योति लाइफ इन्स्योरेन्स – ०.९८ प्रतिशत
| बीमा कम्पनी | बीमा शुल्क आर्जन रकम (लाखमा) | अन्तर % | |
| २०७९ चैत मसान्तसम्म | २०७८ चैत मसान्तसम्म | ||
| नेपाल लाइफ इन्स्योरेन्स | 272612.07 | 263735.80 | 3.37 |
| एलआईसी नेपाल | 129450.60 | 124563.80 | 3.92 |
| नेशनल लाइफ इन्स्योरेन्स | 113742.90 | 101344.80 | 12.23 |
| राष्ट्रिय बीमा संस्थान | 71022.50 | 69841.50 | 1.69 |
| सूर्यज्योति लाइफ इन्स्योरेन्स | 62069.29 | 62681.00 | -0.98 |
| यृनियन लाइफ इन्स्योरेन्स | 57564.30 | 61546.90 | -6.47 |
| एशियन लाइफ इन्स्योरेन्स | 51922.67 | 51330.90 | 1.15 |
| सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स* | 40716.71 | 37807.1 | 7.70 |
| सिटिजन्स लाइफ इन्स्योरेन्स | 40179.20 | 39052.40 | 2.89 |
| मेट लाइफ इन्स्योरेन्स | 38765.78 | 40340.80 | -3.90 |
| प्राइम लाइफ इन्स्योरेन्स | 33415.96 | 38944.20 | -14.20 |
| आइएमई लाइफ इन्स्योरेन्स | 29867.75 | 23886.60 | 25.04 |
| सन् नेपाल लाइफ इन्स्योरेन्स | 28757.54 | 30383.10 | -5.35 |
| रिलायबल नेपाल लाइफ इन्स्योरेन्स | 27413.10 | 29900.60 | -8.32 |
| गुराँस लाइफ इन्स्योरेन्स | 22428.83 | 23333.30 | -3.88 |
| प्रभु लाइफ इन्स्योरेन्स | 15565.27 | 14792.10 | 5.23 |
| महालक्ष्मी लाइफ इन्स्योरेन्स | 11853.74 | 10814.20 | 9.61 |
| जम्मा बीमाशुल्क | 1047348.21 | 1024299.10 | 2.25 |
दश कम्पनीको बीमाशुल्क बढ्यो
चालु आवको चैत मसान्तसम्ममा ७ कम्पनीको बीमाशुल्क घटेपनि दश कम्पनीले भने वृद्धि गरेका छन् । जसको शीर्ष स्थानमा रहेको छ । आइमएई लाइफ इन्स्योरेन्स लिमिटेड । आईएमईले समीक्षा अवधिमा सबैभन्दा धेरै २५.०४ प्रतिशतले बीमाशुल्क वृद्धि गरेको हो । यस्तै सबैभन्दा कम बीमाशुल्क वृद्धि गर्ने कम्पनीको रुपमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले अघिल्लो चैतको तुलनामा १.१५ प्रतिशतले बीमाशुल्क संकलनलाई वृद्धि गरेको हो ।
यस्तो छ बीमाशुल्क वृद्दि गर्ने जीवन कम्पनीहरुको सूचीः–
१. आइमएई लाइफ इन्स्योरेन्स– २५.०४ प्रतिशत
२. नेशनल लाइफ इन्स्योरेन्स– १२.२३ प्रतिशत
३. महालक्ष्मी लाइफ इन्स्योरेन्स– ९.६१ प्रतिशत
४.सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स*– ७.७० प्रतिशत
५. प्रभु लाइफ इन्स्योरेन्स– ५.२३ प्रतिशत
६. एलआईसी नेपाल– ३.९२ प्रतिशत
७. नेपाल लाइफ इन्स्योरेन्स– ३.३७ प्रतिशत
८. सिटिजन लाइफ– २.८९ प्रतिशत
९.राष्ट्रिय बीमा संस्थान– १.६९ प्रतिशत
१०. एशियन लाइफ इन्स्योरेन्स–१.१५ प्रतिशत
(*स्पष्टिकरणः माथिको तथ्याङ्कमा सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच चैत ८ देखि एकीकृत कारोबार सुरु भई सानिमा रिलायन्स इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालेकाले यसअघि दुबै कम्पनीले संकलन गरेका सतिह बीमाशुल्कलाई एकीकृत रुपमा प्रस्तुत गरिएको छ । यस अवधिसम्म सानिमा लाइफ इन्स्योरेन्सले १ अर्ब ७० करोड ३६ लाख ८७ हजार तथा रिलायन्स लाइफले २ अर्ब १२ करोड ७ लाख ९ हजार तथा दुई कम्पनीबीच चैत ८ गतेदेखि एकीकृत कारोबार भएपश्चात २४ करोड ७२ लाख ७५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया