गुराँस लघुवित्तले पारित गर्यो लाभांस


गुराँस लघुवित्तले प्रस्ताव गरेको लाभांस साधारण सभाबाट पारित गरेको छ ।

धनकुटामा सम्पन्न लघुवित्तको चौथो वार्षिक साधारण सभाले ७.६१ प्रतिशत बोनस तथा ०।४००७ प्रतिशत नगद लभांस बितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पूँजीरु.८ करोड ३४ लाख पुगेको छ ।

लघुवित्तका अध्यक्ष उदय नारायण बरालको अध्यक्षतामा सम्पन्न साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्दै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ ।

हाल लघुवित्तले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्रलाई बिस्तार गरी प्रदेश नं. १ का सबै जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ ।

लघुवित्तले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई ७० करोड भन्दा बढी कर्जा प्रवाह गरी ११ करोड भन्दा बढी बचत परिचालन गरेको छ ।