यूनिटेक हाइड्रोपावरले सेयर निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


यूनिटेक हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । यूनिटेक हाइड्रोपावरले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धको जिम्मेवारी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले पाएको छ । आईतबार यूनिटेक र लक्ष्मी क्यापिटलबीच सेयर निष्काशन तथा बिक्री प्रबन्धकबारे सम्झौतामा हस्ताक्षर भएको हो ।

लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणा गरिरहेको छ । उक्त परियोजना निर्माणको काम ९० प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको यूनिटेकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।