आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ९२ करोड पुग्यो, एकीकृत कारोबार सुरु


आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार सुरु पछि चुक्ता पूँजी २ अर्ब ९२ करोड पुगेको छ ।

दुई कम्पनीले आज बैशाख २७ गतेदेखि ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् । दुई कम्पनी १ बराबर १ अनुपातमा मर्जर सम्पन्न गरेका हुन् । 

बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णय अनुसार दुई कम्पनी मर्जरमा गएका हुन् । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले मर्जरको लागि बैशाख १२ गते अन्तिम स्वीकृति प्रदान गरेका थियो ।

आइएमई जनरल र प्रुडेन्सियलबीच माघ २७ गते एकआपसमा मर्जरमा जाने सहमति गरेका थिए भने चैत ६ गते मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी नियामकले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।