लबिम मलमा ‘इन्ड्या एण्ड फाबले’ को आउटलेट सञ्चालनमा

0
Shares

भारतको लोकप्रिय हाई स्ट्रिट ब्रान्ड ‘इन्ड्या एण्ड फाबले’ ले ललितपुरस्थित लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ ।

बैशाख १७ गतेदेखि सञ्चालमा आएको यस इन्ड्या एण्ड फाबले ब्रान्ड एक एथनो फ्युजन ब्रान्ड हो जहाँ विभिन्न प्रकारका पश्चिमी लुगा र आधुनिक जातीय पहिरन पाइने गर्छ । लबिम मलमा खुलेको यो आउटलेट नेपालकै दोस्रो स्टोर हो ।

फाबलेको पहिलो स्टोर यसअघि नै पोखरामा सञ्चालनमा आइसकेको छ ।

बुधबारदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन हाई स्ट्रिट एसेन्शियलका वरिष्ठ उपाध्यक्ष र रिटेल अपरेसन प्रमुख अतुल चच्राले गरेका थिए । चच्राले हाई स्ट्रिट ब्रान्डलाई नेपालमा प्रस्तुत गर्न पाएकोमा आफू निकै उत्साहित भएको जनाए । यस्तै, आगामी दिनमा ब्रान्डको थप वृद्धि हुने प्रति आफू विश्वस्त रहेको उनले बताए ।

उनले नेपालका लागि यस ब्रान्डको आधिकारिक बिक्रता पोखरास्थित ग्लो इन्टरनेशनल एक्सपोर्ट इम्पोर्ट प्राइभेट लिमिटेड कम्पनी रहेको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।