पुँजी बजार सुधार्न सेयर लगानीकर्ताको प्रधानमन्त्री समक्ष ६ बुँदे माग

0
Shares

सेयर लगानीकर्ताहरुका प्रमुख तीन संगठनहरुले पुँजी बजार सुधारको लागि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विभिन्न ६ बुँदे माग पेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर बुधबार लगानीकर्ताका संघ संगठनहरुले प्रधानमन्त्रीसँग भेट गरी पुँजीबजारको विद्यमान अवस्था अवगत गराउँदै विभिन्न मागहरु सम्बोधनको लागि ज्ञापनपत्र बुझाएका हुन् । जसमा खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया ढिलासुस्ति बिना कार्यान्वयन गर्न माग गरेका हुन् ।

यस्तै संगठनहरुले सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत कायम गर्न, १२ करोडको सीमा हटाउन, दीर्घकालीन र अल्पकालीन लगानीकर्तालाई क्रमशः ३ र ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्न, एकल अंकमा ब्याजदर कायम गर्न तथा तरलता समस्या समाधान गर्न माग गरिएकाे छ ।

यस्ता छन् लगानीकर्ताको मागः–

१. लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने ।

२. बाह्र करोड सम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध ।

३. सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।

४. लगानीकर्तालाई अल्पकालिन र दीर्धकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्ने ।

५. विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।

६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।