सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण


सनराइज बैंकले सुदूूुरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा एक एक वटा प्रहरी बिट निर्माण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा बैंकले सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसंग समन्वय प्रहरी बिट निर्माण गरेको जनाएको छ ।

जेठ ३ र ४ गते आयोजित छुट्टाछट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।