सरकारले बर्खामा ५० र हिउँदमा ३० युनिट बिजुली निःशुल्क दिने

0
Shares

सरकारले विपन्न परिवारलाई वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सो उल्लेख गरेका छन् ।

उर्जामा सबै नागरिकहरुको पहुँच सुनिश्चित गर्न सरकारले आगामी दुई वर्ष भित्र सबैको घरमा विद्युत पु¥याउने लक्ष्य लिएको छ । विपन्न वर्गलाई निशुल्क विद्युतीय मिटर उपलब्ध गराउने घोषणा गरे ।

हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । आन्तरिक रुपमा ऊर्जाको खपत बढाउने र आर्थिक विकासको कामलाई अगाडि बढाउने लक्ष्यका साथ निःशुल्क बिजुली उपलब्ध गराउने योजना अगाडि सारेको हो ।

यस्तै खाना पकाउने ग्यासलाई क्रमश विद्युतीय चुल्हो मार्फत प्रतिस्थापन गरिने, सन् २०४५ भित्र कुल शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज उर्जालाई स्वच्छ एवं नवीकरणीय उर्जाले विस्थापन गरिने सरकारको नीति छ । साथै हाइड्रोजन इन्धनको उत्पादनको सम्भाव्यता अध्ययन गरिने र उर्जा मिश्रण नीति प्रवद्र्धन गर्ने राष्ट्रपति पौडेलले बताए ।

“विद्युत उत्पादन , प्रसारण र वितरणलाई सामन्जस्यपूर्ण ढङ्गले अगाडि बढाइनेछ । देशभित्र उत्पादन भएको विद्युतको आन्तरिक खपत वृद्धिका लागि विद्युत प्रसारण र वितरण प्रणालीलाई सुदृढीकरण विस्तार र नयाँ पूर्वाधार विकासको निर्माण गरिनेछ । विद्युतको निर्यात बढाउन अन्तर देशीय प्रसारण लाइन एवं अनय पूर्वाधार विकास गरिनेछ । ” उनले भने ।

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउनुका साथै हरित उर्जा उत्पादनमा निजी क्षेत्रमा प्रोत्साहन गर्ने नीति सरकारले अगाडि बढाउने भएको छ । निर्माणाधीन जलविद्युत् आयोजना समयमै सम्पन्न गरी जलविद्युत् निर्यातमा वृद्धि गर्नेर राष्ट्रिय आय बढाउने तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको योजना छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।