ग्लोबल आइएमई बैंकको मंसिर १९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने, १८ गते साझँबाट एटिएम नचल्ने

0
Shares

ग्लोबल आइएमई बैंकले यहि मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने जानकारी गराएको छ ।

जनता बैंकलाई गाभेर मंसिर २० गतेबाट एकीकृत कारोबार थाल्न लागेको बैंकले दुवै बैंकको सिस्टम डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द रहने बताएको छ ।

बैंकका अनुसार मंसिर १८ गते बुधबार बैंकका शाखाहरुबाट प्रदान हुँदै आएको अतिरिक्तर सन्ध्याकालिन काउन्टर सेवा बन्द रहने छ ।

मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने जनाएको छ । दुई बैंकले एकीकृत कारोबार थाल्ने दिन मंसिर २० गते शुक्रबारदेखि भने सम्पूर्ण सेवाहरु संचालनमा आउने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक र जनता बैंकको गाभिएपछि बन्ने ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १९ अर्ब पुग्नेछ । मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ । यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन् । बैंकका एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। यसैगरि बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहकहरु २० लाख नाघ्नेछन् ।

मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।