हिमालयन पावर पार्टनरको नोक्सानी साढे दश करोड

0
Shares

हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ४३ लाख ३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

गत आवको यसै अवधिमा १ करोड ७० लाख ९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले विद्युत बिक्रीबाट उल्लेख्य आम्दानी गरे पनि वित्तीय खर्चमा उच्च वृद्धि भएका कारण नोक्सानी बढेको हो ।

सार्वजनिक वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्म कम्पनीको वित्तीय खर्च २४ करोड ८६ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत पुसमा १२ करोड ९८ लाख २८ हजार वित्तीय खर्च भएकोमा पछिल्लो त्रैमासमा मात्रै करिब १२ करोडले वित्तीय खर्च बढेको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको वित्तीय खर्च शून्य थियो ।

चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट २६ करोड ३३ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिसम्ममा आयोजनाबाट विद्युत उत्पादन सुरु भएको थिएन । गत पुससम्म भने १३ करोड ७० लाख ४६ हजार थियो ।

चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको हिमालयन पावर पार्टनरको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा ऋणात्मक छ । खुद नाफा ऋणात्मक भएसँगै इपीएस ऋणात्मक भएको हो । कम्पनीको जगेडा कोषमा ११ करोड ४७ लाख ६३ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५४० रुपैयाँ २५ पैसा र पीई रेसियो ३०.३४ गुणा ऋणात्मक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।