कोभिडपछि होटल क्राउन इम्पेरियलको आम्दानी १८६ प्रतिशतले बढ्यो, साढे ६ करोडको कारोबार

0
Shares

सन् २०२२ मा होटल क्राउन इम्पेरियलले ६ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण होटलहरुको आम्दानी क्रमिक रुपमा घटेको थियो । तर सन् २०२२ मा कोभिड–१९ संक्रमण कम हुँदै गएपछि होटलहरुको आम्दानी बढ्दै गएको हो ।

सन् २०२१ मा २ करोड ३० लाख सञ्चालन आम्दानी गरेको होटलको सन् २०२२ मा सञ्चालन आम्दानी १८६ प्रतिशतले बढेको हो ।

सन् २००७ मा अर्किड होल्डिङ्स लिमिटेडले निर्माण गरेकोे होटल क्राउन इम्पेरियल चार तारे होटल हो र काठमाडौंको रविभवनमा अवस्थित छ । ९ हजार १३६ वर्ग मिटर जग्गामा निर्माण भएको होटलमा कुल १३१ कोठा रहेका छन् ।

होटलको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि भएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा ऋणात्मक रहेको छ ।

होटलमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको लगानी रहेको छ । होटलका प्रबन्ध निर्देशक सुधिरमान मास्के हुन् ।

कम्पनीले एक अर्ब बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ९५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर रेटिङ नेपालले बी प्लस रेटिङ गरेको छ भने र ५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

होटलको वित्तीय विवरण अनुसार होटलले लिएको कर्जाको ब्याज भुक्तानी क्षमता समेत ऋणात्मक रहेको छ । होटलको सञ्चालन आम्दानीको तुलनामा होटलले लिएको कर्जा ९३ करोड ४० लाख बढी हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।