नेप्सेमा ८ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

0
Shares

यो साता विभिन्न ८ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  नेप्सेमा सबैको लघुवित्त, इन्फिनिटी लघुवित्त, लक्ष्मी लघुवित्त, एनएलजी इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर यो साता सूचीकृत भएको हो ।

१. सबैको लघुवित्त वित्तिय संस्था

नेप्सेमा सबैको लघुवित्त वित्तिय संस्थाको चुक्ता पुँजीको १८ प्रतिशत बोनस बापतले हुन आउने ४ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको फागुन २६ गते सम्पन्न भएको छैटौं वार्षिक साधारण सभाका लागि फागुन २६ गते बुकक्लोज गरेको थियो ।

२. इन्फिनिटी लघुवित्त

यस्तै नेप्सेमा इन्फिनिटी लघुवित्तको चुक्ता पुँजीको २० प्रतिशत बोनेस बोनस बापतले हुन आउने ८ लाख २९ हजार २६ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको फागुन १३ गते सम्पन्न भएको छैटौं वार्षिक साधारण सभाका लागि फागुन २ गते बुकक्लोज गरेको थियो ।

३. लक्ष्मी लघुवित्त

यसै साता नेप्सेमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजीको १५ प्रतिशत बोनस बोनस बापतले हुन आउने ५ लाख ७६ हजार ८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको फागुन २९ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाका लागि फागुन १७ गते बुकक्लोज गरेको थियो ।

४. एनएलजी इन्स्योरेन्स

नेप्सेमा एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजीको १० प्रतिशत बोनस बोनस बापतले हुन आउने १३ लाख २६ हजार ६१४ दशमलव ३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको चैत २० गते सम्पन्न भएको १७ औं वार्षिक साधारण सभाका लागि चैत १३ गते बुकक्लोज गरेको थियो ।

५. सांग्रिला डेभलपमेन्ट बैंक

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस बोनस बापतले हुन आउने २५ लाख ६९ हजार २२० दशमलव ५४७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको चैत १७ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाका लागि फागुन २८ गते बुकक्लोज गरेको थियो ।

६. नेरुडे लघुवित्त

नेप्सेमा नेरुडे लघुवित्तको चुक्ता पुँजीको २२ प्रतिशत बोनस बापतले हुन आउने १३ लाख २० हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको माघ २८ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाका लागि माघ १७ गते बुकक्लोज गरेको थियो ।

७. छिमेक लघुवित्त

नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजीको २२ प्रतिशत बोनस बापतले हुन आउने ५१ लाख १३ हजार २० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको चैत १० गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाका लागि फागुन २५ गते बुकक्लोज गरेको थियो ।

८. युनाइटेड मोदी हाइड्रोपावर

नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावरको चुक्ता पुँजीको ७ प्रतिशत बोनस बोनस बापतले हुन आउने ८ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको चैत २३ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाका लागि चैत ९ गते बुकक्लोज गरेको थियो ।

यो साता सूचीकृत भएका ८ वटै कम्पनीको बोनस सम्बन्धित कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गरिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्रै बोनस पाउनेछन् । उक्त बोनस डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।