एनआईसी एशियाका पाँच म्युचुअल फन्डको बैशाखमा कस्तो छ वित्तीय अवस्था ?

0
Shares

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित पाँचवटै सामुहिक लगानी कोष योजनाको बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेका छन् ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिमा एनआईसी एशिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३६ पैसा, ब्यालेन्स्ड फन्डको ३१ पैसा, फ्लेक्सी क्याप फन्डको २९ पैसा, सेलेक्ट–३० फन्डको १८ पैसा र डाइनामिक डेप्थ फन्डको ९ पैसाले न्याभ घटेको हो । बैशाखमा तीन योजनामा नाफामा रहँदा दुई योजना भने घाटामा रहेका छन् । एनआईसी एशिया ग्रोथ फन्ड, ब्यालेन्स्ड फन्ड र डाइनामिक डेप्थ फन्ड नाफामा रहँदा फ्लेक्सी क्याप फन्ड र सेलेक्ट–३० फन्ड भने बैशाखमा नोक्सानीमा रहेका छन् ।

बैशाखको विवरण अनुसार दश वर्ष अवधिको एनआईसी एशिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३१ पैसा घटेर १० रुपैयाँ ४२ पैसा रहेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ७३ पैसा थियो । योजनाका आकार कुल ७५ करोड ५० लाख रुपैयाँ रहेको यस योजनाको लगानी ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, १ करोड १० लाख ३ हजार रुपैयाँ सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डको २१ करोड २ लाख ३७ हजार रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ भने बैंक मौज्दातमा ६ करोड १ लाख ८९ हजार बचत रहेको छ । गत चैतमा ४ करोड १५ लाख ३८ हजार नाफामा रहेको फन्ड बैशाखमा २ करोड ७४ लाख ११ हजार रुपैयाँ नाफामा रहेको छ ।

यस्तै खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्थ फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ९ पैसा घटेर १० रुपैयाँ ४४ पैसा रहेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ५३ पैसा थियो । योजनाका आकार कुल ५३ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको यस योजनाको लगानी ९ करोड ७८ लाख ७१ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, १४ लाख २२ हजार रुपैयाँ सूचीकृत नभएको सेयरमा र फन्डको ३० करोड ७८ लाख ७६ हजार रुपैयाँ बराबरको ऋणपत्रमा लगानी छ । यस्तै फन्डले ६ करोड २० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ भने ७ करोड ८२ लाख ५ हजार रुपैयाँ रुपैयाँ बैंक मौज्दात रहेको छ । गत चैतमा २ करोड २१ लाख ९ हजार नाफामा रहेको फन्डको नाफा बैशाखमा घटेर १ करोड ७५ लाख ८ हजार रुपैयाँमा झरेको छ ।

अर्को सात वर्ष अवधिको सामुहिक लगानी कोष योजना एनआईसी एशिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३६ पैसा घटेर १० रुपैयाँ ८७ पैसामा झरेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ २३ पैसा थियो । योजनाका आकार कुल ८३ करोड ५२ लाख रुपैयाँ रहेको यस योजनाको ५७ करोड ४५ लाख २६ हजार रुपैयाँ लगानी सूचीकृत कम्पनीको सेयरमा, ८४ लाख ७६ हजार रुपैयाँ सूचीकृत नभएको सेयर र ८ करोड ३७ लाख ४० हजार रुपैयाँ ऋणपत्रमा लगानी छ । यस्तै फन्डले १२ करोड ३५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ भने बैंक मौज्दातमा ११ करोड ६६ लाख २० हजार रुपैयाँ छ । गत चैतमा ९ करोड ४८ लाख ८१ हजार नाफामा रहेको फन्डको नाफा बैशाखमा घटेर ६ करोड ५० लाख ४ हजार रुपैयाँमा झरेको छ ।

यसैगरी बैशाख महिनामा एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा २९ पैसा घटेर ९ रुपैयाँ ८४ पैसा रहेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ १३ पैसा थियो । योजनाका आकार कुल १ अर्ब २ करोड रुपैयाँ रहेको यस योजनाको लगानी ४९ करोड ९८ लाख ९० हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, ३ करोड ३ लाख ३५ हजार रुपैयाँ सूचीकृत नभएको सेयर छ । यस्तै फन्डले १४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ भने बैंक मौज्दातमा ३१ करोड ७० लाख ७४ हजार रुपैयाँ रहेको छ । गत चैतमा २ करोड २१ लाख ३ हजार नाफामा रहेको फन्ड बैशाखमा आउँदा ७६ लाख ६० हजार रुपैयाँ नोक्सानीमा पुगेको छ ।

र सात वर्ष अवधिको एनआईसी एशिया सेलेक्ट–३० फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा १८ पैसा घटेर ९ रुपैयाँ ९७ पैसा रहेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ १५ पैसा थियो । योजनाका आकार कुल १ अर्ब २५ करोड रुपैयाँ रहेको यस योजनाको लगानी ४१ करोड ४० लाख ४६ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, ३ करोड २० लाख ७५ हजार रुपैयाँ सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डले १५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ भने बैंक मौज्दातमा ६२ करोड ६६ लाख ४८ हजार रुपैयाँ रहेको छ । गत चैतमा २ करोड २९ लाख ९७ हजार रुपैयाँ नोक्सनीमा रहेको फन्डको नोक्सानी बैशाखमा आउँदा बढेर ५ करोड ४९ लाख ५७ हजार रुपैयाँमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।