३१ हजार सहकारीमा ४ खर्ब ७८ अर्ब निक्षेप, कर्जा लगानी सवा ४ खर्ब

0
Shares

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा सञ्चालनमा रहेका सहकारीमा सर्वसधारणको कुल निक्षेप ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ निक्षेप रहेको छ । अर्थमन्त्रालयका अनुसार उक्त निक्षेप ३१ हजार ३७३ सहकारीमा रहेको हो ।

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा सहकारी संस्थाको संख्या ३१ हजार ३ सय ७३ रहको छ । अर्थमन्त्रालयका अनुसार ती सहकारीमा सेयर सदस्य संख्या ७३ लाख ८१ हजार २ सय १८ छ । करिब साढे ३१ हजारको संख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रहेको छ ।

चालु आर्थिक वर्षका ८ महिनासम्ममा सहकारी क्षेत्रमा ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन भई ४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ । सहकारी क्षेत्रमा ९१ हजार ३ सय प्रत्यक्ष रोजगार रहेकोमा २०७९ फागुनसम्म यस्तो संख्या ९३ हजार ७ सय ७१ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवम् एकीकृत तथ्याङ्कको लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा २०७९ असारसम्म १० हजार ८ सय ४१ सहकारी संस्था आवद्ध भएका छन् । यस आर्थिक वर्षको फागुनसम्म ३ हजार २ सय ४१ थप भई हालसम्म १४ हजार ८२ सहकारी संस्था यस प्रणालीमा आवद्ध भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।