रावा इनर्जीको आइपीओ बिक्री खुला, सर्वसाधारणले आवेदन दिन पाउने


रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।

सोमध्ये ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी रहेको थियो । सर्वसाधारणलाई निष्काशन गर्ने सेयरमा सो सेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्काशनमा ल्र्याएको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये १५ हजार ४७ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

  उक्त आइपीओमा इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।कम्पनीको आइपीओमा आज जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा सबै कित्ता सेयर बिक्री नभएमा भने सो अवधि जेठ ३२ गतेसम्म लम्बिने छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यस्तो छ कम्पनी

कम्पनीले निर्माण गरी सञ्चालन गरेको ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८।८९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २४।५५ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २९ वर्ष ११ महिना बाँकी रहेको छ। कम्पनीले २०७७ असोज १४ गतेदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।