सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा


सनराइज बैंकले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी लिला देवी खेतानको नाममा रहेको १ लाख २२ हजार ०४५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ तोकिएको छ । बैंकले यसअघि बैशाख ७ गते संस्थापक सेयरधनीमा सेयर बिक्रीका लागी ३५ दिने सूचना जारी गरेको थियो ।

सो अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेकाले पुनः सर्वसाधारणका लागी बिक्री खुला गरेको हो । बैंकको सेयरमा गैर संस्थापक अन्य व्यक्ति\कम्पनी\संस्थाले आज जेठ १८ गतेदेखि ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बैंकको प्रधान कार्यालय, गैह्रधारा स्थित शेयर रजिष्ट्री विभागमा लाहाछाप सहितको शिलबन्दी निवेदन पेश गर्नु पर्ने बैंकले जनाएको छ । शिलबन्दी खाममा निवेदकको नाम र सम्पर्क फोन नं. उल्लेख गर्नुपर्ने बताइएको छ । प्राप्त निवेदनहरु बैंकको कार्यविधि बमोजिम बैंकका कर्मचारीको रोहवरमा खोलिने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।