हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सुचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर आइतबार सूचीकृत भएको छ ।

स्टकका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पुँजीको २.७५ प्रतिशतले हुन आउने ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत गरेको हो ।

कम्पनीको २०७९ चैत २९ गते सम्पन्न भएको २९ औं वार्षिक साधारण्ण सभाले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको २.७५ प्रतिशत (६करोड १५ लाख ९८ हजार २५९ रुपैयाँ) बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशतका दरले लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर आज सूचीकृत भएको हो । कम्पनीले साधारण सभाका लागि चैत ३ गते बुकक्लोज गरेकाले २ गतेसम्म नेप्सेमा सेयर काराबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

आजै आरएमडीसी लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने ३२ लाख २६ हजार ७७२ दशमलव ४५ कित्ता बोनस सेयर पनि सुचीकृत भैसकेको छ ।

नेप्सेमा सूचीकृत दुबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।